August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने

काठमाडौं, अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।

म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता हात लिर्पछि गरेपछि आन्दोलन भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

“सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने ।

सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उनले जानकारी दिएका छन् । उनले भने, “म्यान्मारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यान्मार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यान्मार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ ।” एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको