July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

चन्द्रमामा चीन र रुसले संयुक्त रुपमा अन्तरिक्ष स्टेशन बनाउँदै

काठमाडौं, प्रविधिको क्षेत्रमा उपयुुक्त फड्को मारिरहेको चीन र रुसले चन्द्रमामा संयुक्त रुपमा अन्तरिक्ष स्टेशन बनाउने घोषणा गरेका छन् ।

रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसले चीनको न्याश्नल स्पेस एड्मिनिस्ट्रेशनसँग चन्द्रमाको सतह, बाहिरी कक्ष वा दुवै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्न सहमति गरेको बीबीसीले जनाएको छ ।

यी दुवै देशको अन्तरिक्ष निकायहरूको वक्तव्यमा यो स्टेशन अन्य देशका लागि पनि उपलब्ध हुने उल्लेख गरिएको छ । बीबीसीका अनुसार रुसले पहिलो मानवसहितको अन्तरिक्षयानको उडानको ६० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा यो घोषणा भएको हो ।

दुवै देशको बयानका अनुसार इन्टरन्याश्नल साइन्टिफिक लुनर स्टेशनले चन्द्रमाको अध्ययन त्यसको उपयोगसँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गर्नेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको