August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

ब्राजिलमा एकैदिन झण्डै ८६ हजार जनामा कोरोना संक्रमण पुष्टि

ब्रासिलिया, ब्राजिलमा एकैदिन झण्डै ८६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन धेरै कोरोना सङ्क्रमित थपिएकोमध्ये यो दोस्रो धेरै भएको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए ।

ब्राजिलमा हालसम्म कुल संक्रमितको संख्या एक करोड १३ लाख ६३ हजार ३८० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख ७५ हजार १०५ पुगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको