June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

केन्यामा थप दुई महिनाका लागि रात्रीकालिन कर्फ्यु घोषणा

केन्या, केन्यामा थप दुई महिनाका लागि रात्रीकालिन कर्फ्युको घोषणा गरिएको छ । केन्याका राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रातिको समयका लागि मात्रै लगाइएको कर्फ्युको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यु देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् ।

त्यहाँ कारोना सङ्क्रमितको सङ्ख्यामा बढ्दै गएकाले न्यूनीकरण गर्नका लागि कर्फ्यु लगाइएको राष्ट्रपति केन्याटाले बताएका छन् ।

केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ । त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राती ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको