September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना राहत प्याकेज कंग्रेसको तल्लो सदनबाट पारित

वासिङ्टन, राष्ट्रपति जो बाइडेनको कोरोना राहत प्याकेज अमेरिकी कंग्रेसको तल्लो सदनबाट पनि पारित गरेको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको हो ।

तल्लो सदनमा राहत प्याकेजले २ सय २० भोटमध्ये २ सय ११ मतसहित पार्टीगत बहुमत पाएको थियो । मतदानमा एकजना बाहेक सबै डेमोक्र्याट सांसदले समर्थन गरेका थिए भने रिपब्लिकन सांसदले यसलाई अस्वीकार गरेका थिए ।

यसअघि माथिल्लो सदन सिनेटबाट समेत बहुमतसहित उक्त प्याकेज पारित भएको थियो । अब राष्ट्रपति बाइडेनले यसलाई अन्तिम रुप दिनका लागि भोलि हस्ताक्षर गर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले जनाएकी छिन् । एजेन्सी