July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

भारतमा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख ४४ हजार नाघ्यो

नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा मङ्गलबारसम्ममा कोरोना सङ्क्रमितको संख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमणबाट ७७ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ ।

हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संङ्क्रमितको संख्या बढेको पाइएको छ । भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको