
बर्न, स्वीट्जरल्याण्डमा सार्वजनिक स्थानमा अनुहार छोप्ने लुगा लगाउन नपाउने व्यवस्था पारित भएको छ । आइतबार भएको जनमत संग्रहमा मुस्लिम महिलाले लगाउने बुर्का वा निकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक स्थान प्रतिबन्ध गर्ने पक्षमा सामान्य बहुमत आएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुर्कासहितमा कपडामा प्रतिबन्ध लगाउने पक्षमा ५१ दशमलब २ र विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत खसेको छ । स्वीड पिपुल्स पार्टीले अतिवादलाई बढुवा दिने भन्दै अनुहार छोप्ने लुगामा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो ।
यस्तै स्वीस इस्लामिक समूहले मुस्लिम समुदायका लागि कालो दिन भनेको छ । सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ ।एजेन्सी






