
धर्मशाला, ८५ वर्षिया तिब्बती आध्यात्मिक नेता दलाई लामालाई शनिबार कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । उत्तर भारतको पहाडी शहर धर्मशालामा उनले सो खोप लगाएका हुन् ।

उनीसँगै उनका निवासमा बस्ने १० जनालाई पनि खोप लगाइएको छ । उनीहरुले अक्सफोर्ड विश्वविद्यालय र यु.के. आधारित औषधि निर्माता एस्ट्राजेनेकाद्वारा विकसित गरिएको भारतको सीरम संस्थानद्वारा निर्मित कोभिसिल्ड खोप लगाएका थिए ।

खोप लगाएपछि उनले सबैलाई कोरोना खोप लगाउनसमेत आग्रह गरे । केहि गम्भीर समस्याहरूलाई रोक्नको लागि यो इन्जेक्शन एकदम उपयोगी रहेको उनले बताएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएको छ ।






