
याङ्गुन, म्यानमारका सेनाले सञ्चालन गरेका पाँच च्यानल युट्युबले हटाइदिएको छ । सरकारविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र हिंसात्मक क्रीयाकलाप बढदै गएको भन्दै युट्युबले शुक्रबार सेनाका च्यानल हटाइदिएको हो ।
सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल हटाइएको युट्युबले जनाएको छ । फेब्रुअरी एकमा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा म्यानमार प्रदर्शन हुँदै आएको छ ।
प्रदर्शन नियन्त्रण गर्न सेनाले बल प्रयोग गर्दै आएको छ । बल प्रयोगका कारण कयौं प्रदर्शनकारी घाइते भएका छन् भने केहीको मृत्यु भएको छ ।एजेन्सी






