
टर्की, टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहिवार दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

हेलिकप्टर दुर्घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ । ज्यान गुमाउनेमा सेनाका उच्च अधिकारीसमेत रहेको समाचारमा उल्लेख छ ।एजेन्सी







