April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

म्यानमारमा सैनिक कु पछिकै रक्तपातपूर्ण दिन: एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

  • 12
    Shares

याङ्गुन, म्यान्मारमा सैनिक कू विरुद्ध बुधबार प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । सो घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।


त्यहाँका सुरक्षाकर्मीले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएका हुन् । मोनयूआ, यांगुन, मान्डले र मिइनजानमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले निशस्त्र स्वास्थ्य स्वयमसेवक र सडकका प्रदर्शनकारीमाथि गोली चलाएको भिडियो सार्वजनिक भएको छ । म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन स्नारन बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको बताइकी छिन् ।

बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसघंलाई आग्रह गरेकी छिन् । म्यानमार सेनाका उपप्रमुखसँगको कुराकानीमा उनले दण्डनीय कदम उठाउने चेतावनी समेत दिएकी छिन् ।

बुधवारको घटनापछि बेलायतले शुक्रवार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको