April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

अमेरिका-मेक्सिको सीमा क्षेत्रमा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • 13
    Shares

वासिङ्टन, अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा बुधबार भएको एक सवारी दुर्घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया उक्त सडकमा दुर्घटना भएको हो ।

उनीहरुमध्ये १० जना मेक्सिकन नागरिक नै रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएको छ । ट्र्याक्टर र ट्रेलर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

अमेरिकी अध्यागमन र भन्सार कार्यालयले उक्त दुर्घटनामा मानव तस्करी पनि थियो कि भनेर अनुसन्धान गरिरहेका छन् । एजेन्सी

यस क्षेत्रबाट यसअघि मानव तस्करहरु पनि सक्रिय हुने भएकाले घटनाबारे गहन अनुसन्धानको अपेक्षा गरिएको छ । ६८ वर्षीय चालक भने दुर्घटनामा घाइते भइ अस्पताल भर्ना भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको