April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

अमेरिकाविरुद्व सैन्य गठबन्धन निर्माण गर्ने योजना नभएको चिनको दाबी

बेइजिङ, आफू र रुसले मिलेर नेटोविरुद्ध सैन्य गठबन्धन निर्माण गर्ने योजना बनाएको चर्को चर्चा तथा आलोचनाछि चीनले यस विषयमा प्रतिक्रिया जनाएको छ ।

सोमबार चीनको रक्षा मन्त्रालयले रुस र आफूले मिलेर अमेरिकाविरुद्ध मोर्चा बनाउने कुनै योजना नभएको स्पष्ट पारेको हो । चिनियाँ रक्षा विज्ञहरुका अनुसार बेइजिङको पछिल्लो अभिव्यक्ति अमेरिकासँगको टकरावलाई रोक्ने सिधा सन्देश हो ।

‘चीन र रूसको सैन्य सम्बन्ध दुई देशबीचको रणनीतिक सहयोगमा एक महत्वपूर्ण सहयोगी बल हो ।’ चीनको विदेश मन्त्रालयले भनेको छ,‘दुबै पक्षले तेस्रो मुलुकलाई लक्षित नगर्ने असंलग्नताको तथा गैर–द्वन्द्वको सिद्धान्त पालना गर्दछ जुन केही देशहरु बिचको सैन्य गठबन्धनभन्दा पूर्ण रुपमा भिन्न छ ।’

यसअघि गत वर्षको अक्टोबर महिनामा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘मस्कोले चीनसँगको सम्भावित गठबन्धनलाई इन्कार गर्ने छैन’ भनेपछि चीन र रुसले संयुक्त सैन्य मोर्चा बनाउने अड्कलबाजी भएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको