April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

म्यानमार प्रदर्शन: सेनाको गोली लागेर थप ६ जनाको मृत्यु

  • 3
    Shares

याङ्गुन, म्यानमारमा सरकार विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाथि सेनाको गोली प्रहारबाट बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाको चुनावविरुद्व प्रदर्शन रोक्ने अथक प्रयासपछि म्यान्मारमा बुधबार पनि प्रदर्शनहरु जारी छ ।

सेनाले सत्ता हात लिई नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकहरुले म्यान्मारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् ।

सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारका विभिन्न स्थानमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको