April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट

  • 14
    Shares

इन्डोनेशिया, इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सिनाबंगमा मंगलबार ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाइएको छ ।

माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ ।
विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्म फैलिएको थियो ।

भूकम्पको जोखिममा रहेको त्यस क्षेत्रमा हुने गरेको ज्वालामुखी विस्फोटले इण्डोनेशियाको उत्तरी सुमात्रा प्रान्तमा पनि उच्च सतर्कता अपनाइएको छ ।

इन्डोनेशियामा अहिले १ सय ३० वटा ज्वालामुखी सक्रिय रहेका छन् । जुन विश्वका अन्य राष्ट्रहरुका सक्रिय ज्वालामुखीको तुलनामा अत्याधिक हो । शक्तिशाली ज्वालामुखीका कारण विगत केहि वर्षदेखि सिनाबंग वरिपरिका ३० हजार मानिस घरबार छोड्न बाध्य भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको