April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

नाभाल्नी विष प्रकरणमा अमेरिकाद्वारा रुसी शीर्ष अधिकारीमाथि प्रतिबन्ध

  • 12
    Shares

रुस, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो ।

संयुक्त राष्ट्र अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएको छ ।प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय एफएसबीका प्रमुख एलेक्जान्डर बाट्र्निनकोभ तथा रक्षा उपमन्त्री एलेक्सी क्रिभोरोच्को र पावेल पोपाभ रहेका छन् । प्रतिबन्ध लागेका अधिकारीको अमेरिकामा रहेको सम्पति फ्रिज भएको छ ।

अमेरिकाले रुसका सात शीर्ष अधिकारीका साथै रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्द लगाएको थियो । नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको भन्दै प्रतिबन्ध लगाएको अमेरिकाले दावी गरेको हो ।

रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । नाभाल्नीलाई हाल रुसको कारागारमा राखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको