March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

भारतको कर्नाटकमा सरकारी जागिरको प्रलोभन देखाइ मन्त्रीले नै गरे यौन शोषण

कर्नाटक, भारतको कर्नाटकमा यौन स्क्यान्डलसम्बन्धी सिडीका विषयले उग्र रुप लिएको छ । यौन स्क्यान्डल प्रकरणमा त्यहाँका जल संसाधन मन्त्री रमेश जारकीहोलीविरुद्ध उजुरीसमेत दर्ता भएको छ ।

मन्त्री जारकीहोलीमागि जागिर दिलाइदिने नाममा महिलाको यौन शोषण गरेको आरोप छ । यो सिडी एक सामाजिक कार्यकर्ताले सार्वजनिक गरेका हुन् । यद्यपि मन्त्री जारकीहोलीले यसलाई राजनीतिक षड्यन्त्र बताएका छन् ।

सोही विषयलाई लिएर विपक्षी दल कंग्रेस आईले धर्ना र प्रदर्शन गरेको छ । कंग्रेसले सो विषयमा आज पत्रकार सम्मेलनसमेत गर्ने भएको छ । मन्त्री जारकीहोलीमाथि सरकारी जागिर लगाइदिने प्रलोभनमा यौन शोषण गरेको आरोप छ ।

यो सिडी सामाजिक कार्यकर्ता तथा नागरिक हक्कु होरता समितिका अध्यक्ष दिनेश कल्लाहल्लीले सार्वजनिक गरेका हुन् ।

मन्त्री जारकीहोलीमाथि कर्नाटक पावर ट्रान्समिसन कर्पोरेशन लिमिटेडमा जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको तर जागिर भने नलगाइदिएको आरोप छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको