April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

चीनमा ५ वर्षमा अर्बपतिको संख्या दोब्बरले बढ्यो, धनाढ्यको संख्या १ हजार ५८

बेइजिङ, चीनमा गतवर्ष सन् २०२० मा दुई सय भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्य व्यक्तिको बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीअनुसार चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको हो ।

विश्वकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र रहेको राष्ट्रिय  चीनले पछिल्ला केही वर्षदेखि विकासमा तीव्र रुपमा फड्को मारेको छ । विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोनाभाइरसलाई समयमै नाटकीय रुपमा नियन्त्रण गरेपछि सन् २०२० मा पनि राम्रो प्रगति गरेको छ ।

हुरुनका अनुसार सन् २०२० चिनमा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् । चीनमा योसँगै कुल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ । विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।

तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ । योसहित अमेरिकामा कुल अर्बपतिको संख्या ६९६ पुगेको छ । चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ शानशानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ ।

विगतमा निर्माणकार्यमा संलग्न झोङले गतवर्ष हङकङमा प्राथमिक शेयर (आइपिओ)जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षम हुनुभएको थियो । एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलरभन्दा बढी सम्पत्ति जुटाएका छन् ।

सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ । समग्रमा, चीनले विश्वमै सम्पत्ति सिर्जना गर्नेतर्फ अग्रस्थान बनाइरहेको छ । हुरुनका अनुसार गत पाँच वर्षको अवधिमा चीनले ४९० जना नयाँ अर्बपति जन्माएको छ भने अमेरिकाले १६० जना थपेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको