March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अमेरिकाले एकतर्फी प्रतिबन्ध नहटाएसम्म इरानले आणविक सम्झौता नगर्ने

काठमाडौं, अमेरिकाले एकतर्फी रुपमा लगाएको प्रतिबन्ध नहटाएसम्म इरानले अमेरिकी र युरोपेली शक्तिहरूसँग आणविक सम्झौता सम्बन्धी अनौपचारिक वार्ता समेत नगर्ने भएको छ ।

आणविक सम्झौतालाई पुनर्जीवन दिने विषयमा अनौपचारिक बैठक गर्न अमेरिकाले गरेको प्रस्तावलाई इरानले अस्वीकार गरेको हो ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले युरोपेली संघले प्रस्ताव गरेको समय वार्ताका लागि उपयुक्त नभएको बताएका छन् ।

इरानको निर्णयले अमेरिकालाई निराश बनाएको बताउँदै यस विषयमा अर्थपूर्ण कूटनीतिमा पुनः संलग्न हुन तयार रहेको जनाएको छ ।

सन् २०१८ मा भएको आणविक सम्झौतामा अमेरिकाले इरानलाई अलग्याएपछि दुई देश बीच तनाव बढेको हो ।एजेन्सी