April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन् ।

सोमबार असमको गम्छा भिरेर नयाँ दिल्ली एम्स अस्पताल पुगेका मोदीलाई पुडुचेरीकी नर्स पी नेवादाले भारत बायोटेकको कोभ्याक्सिन खोप लगाइदिएकी थिइन् ।

उनले खोप लगाउन योग्य सबै भारतीय नागरिकलाई खोप कार्यक्रममा सहभागी भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्दै देशलाई कोरोनामुक्त बनाउने अभियानमा सहयोगको लागि आग्रहसमेत गरेका छन् ।

‘कोरोनाको विश्वव्यापी महामारीलाई नियन्त्रण गर्नका लागि डाक्टर र वैज्ञानिकहरुले दिएको योगदानलाई स्मरण गर्न चाहन्छु’, उनले लेखेका छन्, ‘कोरोनाको खोप लगाउन योग्य सबै व्यक्तिलाई खोप लगाउनका लागि अनुरोध गर्दछु । अब सबै मिलेर कोरोना महामारीलाई भारतबाट हटाउनु पर्छ ।’

शीर्ष समाचार

धेरै पढिएको