April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

बाइडेनले ‘अमेरिका फर्स्ट’ को नीति ‘अमेरिका लास्ट’ मा पुर्‍यायो: ट्रम्प

  • 5
    Shares

फ्लोरिडा, अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ट ट्रम्प महाअभियोग अनुसन्धानमा निर्दोष भएको केही हप्ता पछि सार्वजनिक रुपमा देखा परेका छन् । केही रिपब्लिकन सांसदहरूले उनीविरुद्ध महाभियोगमा मतदान गरेका थिए ।

आइतबार फ्लोरिडामा आयोजित राजनीतिक कन्जरभेटिभ कार्य सम्मेलन (सीपीएसी: सीपएसी एक वार्षिक सम्मेलन हो जुन अमेरिका भरका रूढीवादी नेताहरू सहभागी हुन्छन्)मा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कटाक्ष गर्दै ‘अमेरिका फर्स्ट’ को नीति ‘अमेरिका लास्ट’ मा पुर्‍याएको बताएका छन् ।

सो सम्मेलनमा वक्ताहरूमध्ये ट्रम्प पक्षका वफादारहरू र टेक्सासका सेनेटर टेड क्रूजलगायत उनका छोरा डोनाल्ड ट्रम्प जूनियर पनि सहभागी थिए । पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्विटर र फेसबुक लगायत धेरै सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाइएको छ ।

चार वर्ष अघि सुरु गरेको यात्रा अझै जारी रहेको उनले बताए । नयाँ राजनीतिक पार्टी गठन गर्ने अनुमानलाई खारेज गर्दै ट्रम्पले भने, “नयाँ पार्टी गठन गरेर हाम्रो मत विभाजन हुनेछ र हामी कहिले विजयी हुनेछैनौं।” ट्रम्पले राष्ट्रपति बिडेनको प्रारम्भिक निर्णयहरूको आलोचना गरेका गरे ।

शीर्ष समाचार

धेरै पढिएको