April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

म्यानमारमा एकैदिन १८ प्रदर्शनकारीको मृत्यु

  • 10
    Shares

याङ्गुन, म्यानमारमा सरकार विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको उक्त प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक भनेको छ भने उक्त दिनलाई सबैभन्दा ‘घातक दिन’ बताएको बीबीसीले जनाएको छ ।

आइतबार  म्यानमारका याङ्गुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको छ ।

प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो । सरकारको विरोध गरेको भन्दै त्यहाँको सैनिक नेतृत्वले संयुक्त राष्ट्रसंघका राजदूतलाई समेत हटाइदिएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको