April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते

  • 25
    Shares

याङ्गुन, म्यान्मारमा सैन्य “कू” तथा सरकार विरोधी  प्रदर्शनमा सेनाको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार सेना तथा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएका हुन् ।

हालसम्म सात जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । सो घटनामा दर्जनौं घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने समाचारमा जनाइएको छ ।


सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको हो । सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन समेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।

यसै महिनाको शुरुमा सत्ता हात लिएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको