April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते

  • 8
    Shares

ढाका, बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । हाल घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । आइतबार प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थिए ।

चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्लादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका छन् । झडपपछि आन्दोलनकारीहरु थप आक्रोसित भएको र उक्त घटनाको धेरैले विरोध गरेको देखाइएको छ ।

प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ । “उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” एक प्रहरी अधिकारीले भने ।

विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा बरिष्ठ नेताहरु समेत रहेको उनले बताए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको