पाकिस्तान र भारतबिच सीमा नियन्त्रण रेखामा संघर्ष विरामको घोषणा

नयाँदिल्ली, भारत र पाकिस्तानले सीमा नियन्त्रण रेखा (एलओसी) मा संघर्ष विरामको घोषणा गरेको छ ।
भारतीय सेनाको उत्तरी कमान्डले एक वक्तव्य जारी गर्दै र पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जालमार्फत् संघर्ष विराम भएको जानकारी दिएका हुन् ।
भारत र पाकिस्तानले २४ र २५ फेब्रुअरी राति नै एलओसीमा संघर्ष विराम घोषणा भए पनि सोको जानकारी शनिबार मात्रै दिइएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार दुबै देशले एकअर्कालाई विश्वास दिलाउँदै संघर्ष विरामपछि अब काउन्टर टेररिस्ट अपरेशनमा कुनै असर नपर्ने र सतर्कता अपनाइने बताएका छन् ।
दुबै देशको एलओसीमा संघर्ष विराम भएपछि अब ती क्षेत्रमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गरिएको छ । दुई देशबीच भएको संघर्ष विरामलाई ऐतिहासिक मानिएको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्