April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

अमेरिकाद्वारा सिरियास्थित ईरानसमर्थित मिलिसियामाथि आक्रमण

वासिङ्टन, अमेरिकाले सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा बिहिवार राति आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा हवाई आक्रमण गरिएको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पनि ईरानले अमेरिकी गठबन्धनका सैनिकहरुलाई लक्षित गरी ईराकमा गरेको आक्रमणको बदलास्वरुप यो हमला गरिएको जारी  विज्ञप्तिमा उल्लेख छ । पेन्टागनका अनुसार अमेरिकी फाइटर प्लेनहरुले सातवटा निशाना साँधेका थिए ।

कता ईब हिजबुल्लाह र कता ईब सय्यिद अल सुहादा ईरान समर्थित मिलिसियाहरुले प्रयोग गर्दै आएका धेरै भौतिक पूर्वाधारहरुमा आक्रमणबाट क्षति पुगेको छ ।मर्नेको संख्या यकिन भइसकेको छैन ।

यद्यपी, सिरियल अब्र्जभेटिभ फर ह्युमन राईट्स (एसओएचआर)ले दर्जनभन्दा बढी ईरान पक्षधर लडाकुहरुको मृत्यु भएको जनाएको छ । ‘प्रारम्भिक रुपमा कम्तिमा पनि १७ जना लडाकु मारिएजस्तो देखिन्छ । उनीहरु सबै पपुलर मोबिलाईजेशन फोर्सहरुमा सदस्य हुन्,’ एसओएचआरका निर्देशक अब्दुल रहमानले एएफपी न्युज एजेन्सीसँग भनेका छन् ।

ईराकको इर्बिलस्थित विमानस्थलको मुख्य सैनिक अखडामा झन्डै दुई साताअघि ईरानले आक्रमण गरेको थियो, यसक्रममा दुईजना विदेशी ठेकेदारहरुको मृत्यु भयो भने एक अमेरिकी सैनिकसहित कम्तिमा ९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको