April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

रुसी राष्ट्रपति पुटिनका विरोधी नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञात ठाउँमा लगियो

  • 11
    Shares

रुस, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । उनलाई मस्कोको जेलबाट निकालेर अज्ञात ठाउँमा लगिएको हो ।

नाभाल्नीका सहयोगीका अनुसार उनलाई कहाँ लगिएको हो भन्नेबारे केही जानकारी दिइएको छैन । उनलाई भ्रष्टाचारको अभियोगमा तीन बर्षको जेल सजाय सुनाइएको छ ।

रुसी राष्ट्रपति पुटिनका कडा आलोचक नाभाल्नीलाई दोषी ठहर गर्ने आदेशलाई राजनीतिक प्रतिशोध मानिएको छ । उनलाई पक्राउ गरिएकोमा समेत अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको