March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

इक्वेडरमा कैदीबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या ७९ पुग्यो

ग्वायाक्युली, इक्वेडरमा गत मङ्गलबार विभिन्न जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको बिहिवार स्थानीय प्रहरी स्रोतले बताएको छ ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको उक्त हिंसामा आपराधिक सङ्गठनको हात रहेको बताएका छन् ।

मानवअधिकारवादी संस्थाले सो हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

गतवर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्ने प्रयासका लागि जेलमा आपतकालीन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको