April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

फिनल्यान्डमा अर्को हप्ता आपतकालीन घोषणा गर्ने

  • 7
    Shares

हेल्सिंकी, फिनल्यान्डमा मार्च ८ बाट शुरु हुने तीन हप्ते बन्दाबन्दी थप कडा गरिने भएको छ । बिहिवार फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मारिनले कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि हुँदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि फिनल्यान्डमा आपतकालीन घोषणा गर्न लागेको बताएकी छन् ।

मार्च ८ बाट सुरु हुने लकडाउन (बन्दाबन्दी) मा कर्फ्यु समावेश नहुने भए पनि रेस्टुरेन्टहरु पुर्ण रुपमा बन्द गरिने भएको । फिनल्यान्डकी प्रधानमन्त्री मारिनले राष्ट्रपतिसँग छलफल गरेर अर्को हप्ता आपतकालीन घोषणा गर्ने बताएकी छन् ।

सो अवधीमा स्वास्थ्यकर्मीहरुले लामो समय काम गर्नुपर्ने र उनीहरुको बिदा पनि रद्द गरिने उनले बताइन् । थप कोरोना संक्रमण फैलनबाट रोक्न आपतकालीन अवस्था आवश्यक रहेको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको