February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

एलन मस्क दोस्रो धनी व्यक्तिको सूचीमा झरे

  • 23
    Shares

न्युयोर्क, विद्युतीय कार कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकृत (सीईओ) एलन मस्क यो वर्षको जनवरीमा संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए । तर एक महिनापछि नै उनको शीरबाट यो उपाधि खोसिएको बीबीसीले जनाएको छ ।

एक महिनाअघि टेस्लाको शेयरको मूल्यमा जबरजस्त उछाल आएका कारण मस्कको कूल सम्पत्ती १ खर्ब ८५ अर्ब डलर पार गरेको थियो ।

तर, एलन मस्क अहिले आफ्नो कम्पनीको शेयर मूल्यमा गिरावट आएका कारण दोस्रो धनी व्यक्तिको सूचीमा झरेका छन् ।

यसका साथै अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस एकपटक पुनः संसारको सबैभन्दा धनी व्यक्ति बनेका छन् । जसलाई एलन मस्कले आफ्नो शेयर मूल्यको बलमा पछाडि पारेका थिए।

जानकारहरुका अनुसार हालैका दिनमा बिटक्वाइनमा आएको गिरावटले समीकरण परिवर्तन गरिदिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको