अफगानिस्तानमा सेनाको कारबाहीमा परि आठ तालिबानको मृत्यु
- hamro_kantipur
- २०७७ फाल्गुन ११

लस्कर गह, अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा आठ जना तालिबान विद्रोहीको ज्यान गएको सेनाले जनाएको छ ।
हेल्मन्ड प्रान्तको नहर–ए–सराज जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सोमबार राति सेनाले कारबाही गरेको थियो ।
सेनाको हवाई कारबाहीमा आठ लडाकूको घटनास्थलमै मृत्यु भएको थियो । सेनाले देशभित्र सशस्त्र विद्रोही समूह देखे जुनसुकै बखत कारबाही गर्ने जनाएको छ ।
हेल्मन्ड प्रान्तमा सक्रिय रहेको तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन । एजेन्सी
शीर्ष समाचार
- मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्