February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

कुख्यात “डन” अल चापोकी श्रीमति अमेरिकामा पक्राउ

  • 25
    Shares

वासिङ्टन, अमेरिकामा कारागार जीवन ब्यतित गरिरहेका मेक्सिकोका लागू औषधको कारोबारी अल चापो गजमनकी श्रीमति पक्राउ परेकि छन् ।

३१ वर्षीया एम्मा कोरोनेल एसपुरोलाई वाशिंगटन डीसीस्थित ड्युलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

कोरोनललाई वाशिंगटन डीसीस्थित संघीय अदालतमा भिडियो कन्फेरेन्समार्फत् उपस्थित गराइने भएको छ । कोरोनेलमाथि लागू औषध कारोबारसँगै अल चापोलाई सन् २०१५ मा मेक्सिकोको जेलबाट भगाउने षड्यन्त्र बुनेको आरोपसमेत लागेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार कोरोनेल एसपुरोलाई कोकिन, मेथाम्फेटामिन, हेरोइन र मरिजुआना वितरण गरेको आरोपमा पक्राउ गरिएको हो । अल चापो भने लागू औषध कारोबार र पैसाको अबैध कारोबारमा संलग्न मुद्दामा आजिवन जेल सजायमा छन् ।

६३ वर्षीय अल चापो सिनालो कार्टेलका पूर्ब प्रमुख समेत हुन । अधिकारीहरुका अनुसार सिनालो कार्टेल अमेरिकामा लागू औषध आपूर्ति गर्ने सबैभन्दा ठूलो गिरोह हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको