February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

अस्ट्रेलियामा फेसबुकले समाचारसँग सम्बन्धित लागू गरेको प्रतिबन्ध फुकुवा

  • 2
    Shares

काठमाडौं, अस्ट्रेलियामा फेसबुकले समाचारसँग सम्बन्धित लागू गरेको प्रतिबन्ध फुकुवा गरेको छ । फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने बताएको बीबीसीले जनाएको छ ।

फेसबुक र अस्ट्रेलियाको सरकारबीच सम्झौता भएपछि फेसबुक समाचारसँग सम्बन्धित प्रतिबन्ध फुकुवा गर्न तयार भएको हो ।

ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे न्यायोचित संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ ।

त्यहाँ प्रस्तावित एक कानुनको विरोधमा गत बिहीबारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो ।

उक्त कानुनमा गुगल र फेसबुकले अस्ट्रेलियाका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो ।एजेन्सी


शीर्ष समाचार

धेरै पढिएको