February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

कंगोमा इटालीयन राजदूत लुका अट्टानासिओको हत्या

  • 13
    Shares

कंगो, कंगोका लागि इटालीका राजदूत लुका अट्टानासिओको कंगोमै हत्या भएको छ । कंगोमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को दलमाथि भएको आक्रमणमा राजदूत अट्टानासिओसहित उनका अंगरक्षक र चालकको मृत्यु भएको हो ।

राजदूत अट्टानासिओ गोमा शहरबाट रुत्सुरुमा डब्ल्यूएफपी अन्तर्गत विद्यालय खाना परियोजनाका लागि जान लागेको बेला आक्रमण भएको थियो ।

बीबीसीका अनुसार देशको पूर्वी क्षेत्रस्थित भिरुङ्गा राष्ट्रिय निकुञ्जमा डब्लुएफपीको लस्कर एम्बुसमा परेको थियो । पेटमा गोली लागेका ४३ वर्षीय राजदूतको अस्पतालमा मृत्यु भएको सुरक्षा अधिकारीको भनाइ छ ।

यस्तै उक्त प्रतिनिधिमण्डलमा रहेका धेरै जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सात सदस्यीय उक्त प्रतिनिधिमण्डल सुरक्षाकर्मी बिना रहेको बताइएको छ । कंगोका अधिकारीले घटनालाई अपहरणको असफल प्रयास भएको बताउँदै यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

आफ्ना राजदूतको हत्या भएको पुष्टि गर्दै इटाली त्यसको निन्दा गरेको छ । घटनाको कुनै समूहले जिम्मेवारी लिएको छैन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको