July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

मेक्सिको, मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान आइतबार बिहान दुर्घटनामा परेको हो ।

एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको