March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत

  • 3
    Shares

काठमाडौं, विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत भएका छन् ।

दुबै देशका उच्च सैन्य अधिकारीहरुको वार्तामा आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको बीबीसीले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्ती अनुसार दुवै देशका सैनिक अधिकारीहरुले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी फिर्ता बोलाएको जानकारी दिएका छन् ।

यस्तै अन्य क्षेत्रमा रहेका सेना पनि फिर्ता बोलाउने प्रक्रिया सुरु भएको विदेश मन्त्रालयले जनाएको छ । दुवै देशले लद्दाखलगायत अन्य क्षेत्रमा देखिएको विवाद समाधानका लागि वार्ता जारी राख्ने पनि बताइएको छ ।

दुवै देशले फेब्रुअरी ११ मा विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेका थिए । भारत र चीनबीच सीमा स्वामित्वलाई लिएर लामो समयदेखि नै विवाद चलिरहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको