March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

भारतको ९१ जिल्लामा पुनः बढ्यो कोरोना संक्रमण

  • 1
    Share

नयाँदिल्ली, भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । भारतको ९१ जिल्लामा कोरोना बिरामीको संख्यामा बढोत्तरी देखिएको हो ।

जसमध्ये ३४ जिल्ला महाराष्ट्रका छन् भने पछिल्ला केही दिनबाट दैनिक कोरोना संक्रमितको संख्या निको हुने बिरामीको संख्याभन्दा बढी छ ।

आइतबार भारतमा १३ हजार ९७९ नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यहाँ गत २४ घण्टाम ९ हजार ४७६ संक्रमित निको भए भणे भने ७९ को मृत्यु भयो ।

यस्तै आइतबार ४ हजार ४१२ जना सक्रिय संक्रमित बढे जुन ८७ दिनमा यो सबैभन्दा बढी हो । यसअघि २५ नोभेम्बरमा ७ हजार २३४ सक्रिय संक्रमित बढेका थिए ।

महाराष्ट्रमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएकोमा राज्य सरकारले चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री उद्धव ठाकरेले सोमबारदेखि राज्यमा भीडभाडयुक्त राजनीतिक र धार्मिक कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले स्थितीमा सुधार नभए राज्य सरकार पुनः लकडाउन गर्न बाध्य हुने बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको