July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

अफगानिस्तानमा भएको विस्फोटमा एक प्रहरीको मृत्यु, १५ जना घाइते

लस्कार, अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

सो विस्फोटमा अन्य १५ जना घाइते भएका छन । अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो विस्फोट गराइएको थियो ।

बम विस्फोट कसले गराएको भन्ने बारेमा केही जानकारी आएको छैन । हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन् । तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् ।

सो विस्फोट त्यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ । उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको