अमेरिकी राष्ट्रपति बाइडेनको पहिलो विदेशी बैठक क्यानेडियन प्रधानमन्त्री ट्रुडोसँग

वासिङटनस्, अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हालेको एक महिनापछि पहिलो विदेशी बैठक क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोसँग हुने भएको छ । प्रधानमन्त्री ट्रुडोसँग हुने सरकार प्रमुखसँगको पहिलो औपचारिक बैठक अर्को साता हुने तय भएको हो ।
आगामी साता बाइडेन र ट्रुडोबीच भर्चुअल बैठक हुनेछ । बाइडेनले उक्त बैठकमा अमेरिका र क्यानडाबीच बलियो र गहिरो सम्बन्धलाई जोड दिने ह्वाइट हाउसका अधिकारीहरुले बताएको छ ।
बाइडेनले क्यानडाका अरु मन्त्रीहरुसँग पनि भर्चुअल बैठक गर्ने बताइएको छ । उक्त बैठकमा द्वीपक्षीय र वैश्विक मुद्दाहरुमाथि छलफल हुने शनिबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने आगामी बैठकलाई स्वागत गर्दै उनले ट्वीटरमा यसबारे लेख्दै आफूले बैठकलाई स्वागत गरेको प्रतिक्रिया दिएका छन् ।
प्रायजसो अमेरिकी राष्ट्रपतिहरु आफ्नो पहिलो भ्रमण मेक्सिको वा क्यानडामा गर्दैआएका छन् । तर निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबिया रोजेका थिए ।एजेन्सी
प्रतिकृया दिनुहोस्