July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

कोरोना खोपमा विश्वास नभएको भन्दै अस्ट्रेलियामा विरोध प्रदर्शन

सिड्नी, अस्ट्रेलियामा सोमबारदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरुवात हुँदैछ । त्यहाँ सरकारले देशका हरेक मानिसलाई निशुल्क खोप प्रदान गर्ने बताए पनि अस्ट्रेलियाका केही नागरिकहरु भने कोरोना खोप कार्यक्रमदेखि सन्तुष्टि देखिँदैनन् ।

शनिबार अस्ट्रेलियाका विभिन्न मुख्य शहरहरुमा कोरोनाविरुद्धको खोप कार्यक्रमको विरोध गर्दै हजारौं मानिसहरु सडकमा उत्रिएको बीबीसीले जनाएको छ

प्रदर्शनकारीले आफूहरुलाई खोप लगाउन बाध्य नबनाउन आग्रह गरेका थिए । आफूहरुलाई कोरोना खोपमा विश्वास नभएको उनीहरुको भनाइ छ ।

शनिबार मेलबर्नमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले १५ जनालाई प्रहरीसँग झडप गर्न उत्रिएको भन्दै कारवाही गर्ने सूचना पठाएको छ ।

उनीहरुले ‘मेरो शरीर, मेरो इच्छा’ भन्दै नारा लगाएका थिए । सोमबारदेखि अस्ट्रेलियाभर फाइजर र बायोएनटेकले निर्माण गरेको खोप लगाइँदैछ । पहिलो चरणमा त्यहाँका अग्रपंक्तिका ७ लाखलाई कोरोना खोप प्रदान गरिनेछ ।

स्वास्थ्यकर्मी, सीमा सुरक्षाकर्मी तथा केयर होमका कामदारलाई पहिले खोप दिइनेछ । गतहप्ता मात्र त्यहाँ अस्कफोर्ड र एस्ट्राजेनिकाले बनाएको खोपले मान्यता पाएको छ । आगामी महिनाबाट यस खोप पनि खोप अभियानमा सामिल हुनेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको