अफगानिस्तानको काबुलमा कार लक्ष्यित विस्फोटमा परी ५ जनाको मृत्यु

काबुल, अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन वटा कारलाई लक्ष्यगर्दैै भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।
उक्त विस्फोटहरू बिहानको व्यस्त समयमा भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो ।
दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएको छ ।
मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले जनाएको छ ।
यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्