March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पाकिस्तानमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु, एक गम्भीर घाइते

वरिजिस्तान, पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु र एक सैनिक गम्भीर घाइते भएका हुन् ।

सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तिब्र बनाएको जनाएको छ ।

उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ ।अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तान हतियारधारी विद्रोहीहरुको गढका रुपमा चिनिन्छ ।

सरकारले व्यापक सैनिक परिचालन गरी त्यस क्षेत्रमा सक्रिय विद्रोहीलाई निस्तेज बनाउँदै लगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको