March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

राष्ट्रपति बाइडेनले गरिब राष्ट्रहरुका लागि खोप खरिद गर्न ४ अर्ब डलरको घोषणा गर्ने

  • 18
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेले गरिव राष्ट्रहरुका लागि कोभिड-१९ को खोप खरिद गर्न ४ अर्ब डलरको घोषणा गर्ने भएका छन् । राष्ट्रपति
बाइडेनले शुक्रवार सो घोषणा गर्ने योजनामा रहेका छन ।

सयुक्त राष्ट्र संघको कार्यक्रमअन्तर्गत गरिब देशहरुलाई खोप प्रदान गरिने बाइडेन प्रशासनका वरिष्ठ अधिकारीहरुले जानकारी दिएका छन ।

अमेरिकाले ग्याभिमार्फत खोप गरिम देशहरुलाई प्रदान गर्ने छ । कंग्रेसले कूल ४ अर्ब डलर प्रदान गरि सकेको छ भने अधिकारीले यस बर्ष र २०२२ सम्म प्रदान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेनले समूह ७ (ग्रुप अफ सेभेन)का नेताहरु संग भएको भर्चु अल (परोक्ष रुपमा) बैठकमा घोषणा गर्न चाहन्थे तर अमेरिकाकै जनतालाई खोप पुगी नसकेको अवस्था रहेको छ । यद्यपि गरीब राष्ट्रहरुमा अवस्था अझै खराब छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको