March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

पृथ्वीबाट उडेको अन्तरीक्ष यान करिब ७ महिना पछि मंगल ग्रहमा अवतरण

  • 23
    Shares

वासिङ्टन, अमेरिकी अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मंगल ग्रहको सतहमा अवतरण गरेको छ । यो सन् १९७० को दशकको भाइकीङ मिसन पछि मंगल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो ।

नेपाली समयानुसार शुक्रबार बिहान करिब २:४० मिनेटमा अमेरिकी ‘पर्सिभिअरन्स रोभर’ले मंगल ग्रहको सतहमा अवतरण गरेको हो । मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो ।

छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मंगल ग्रहनजिक पुगेको हो । सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका छन ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मंगल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने नासाको अनुमान छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको