July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

कोरोना खोप वितरणमा असमान भएको भन्दै संयुक्त राष्ट्रसंघको आलोचना

काठमाडौं, कोरोना भाइरसविरुद्ध खोप वितरण असमान भइरहेकोप्रति संयुक्त राष्ट्रसंघले कडा आलोचना गरेको छ ।

राष्ट्रसंघका प्रमुख प्रमुख एन्टोनियो गुटरेसले कूल कोरोना खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । केही देशले मात्रै खोप कब्जा गर्नु अन्यायपुर्ण भएको उनको भनाइ छ ।

सुरक्षा परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै गुटरेसले अझै १ सय ३० देश अझै कोरोना खोपको पहुँचबाट बाहिर रहेको बताएका हुन् ।

कोरोना महामारीको कठिन समयमा खोप वितरणका विषयमा विश्व समुदायको नैतिक परीक्षा हुने पनि उनको भनाइ छ । आपतकालीन खोप अभियान योजनाबद्ध ढंगले मिलेर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको