July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

अस्ट्रेलियामा फेसबुकमा समाचार हेर्न र सेयर गर्न प्रतिबन्ध

क्यानबेरा, फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ । यसले अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या भएको हो ।

सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने भएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ ।

आज बिहान फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अस्ट्रेलियामा आज बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका छन् ।

यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् भने सरकारको स्वास्थ्य सम्बन्धी सामग्री र आपत्कालीन फेसबुक पेजसमेत बन्द गरेको फेसबुकले पछि यसलाई भने खुला गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको