July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

अमेरिकालाई उछिन्दै चीन बन्यो इयूको सबैभन्दा ठूलो व्यापार साझेदार राष्ट्र

काठमाडौं, अमेरिकालाई उछिन्दै चीन युरोपेली संघ (इयू) को सबैभन्दा ठूलो व्यापार साझेदार राष्ट्र बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार सन् २०२० मा अमेरिकालाई पछि पार्दै इयूको ठूलो व्यापार साझेदार राष्ट्र चीन बनेको हो ।

गतवर्ष चीन र इयूबीच ७०९ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । कोरोना महामारीमा चीनले इयूसँग अमेरिकाभन्दा बढी व्यापार गर्न सकेको बताइएको छ ।

इयू र अमेरिकाबीच भने ६७१ अर्ब अमेरिकी डलरको कारोबार भयो जुन चीनसँगको कारोबार भन्दा निकै कम हो । गतवर्षको पहिलो तीन महिनामा कोरोना महामारीको प्रभावले चीनको आर्थिक वृद्धिदर घटेको थियो ।

तर चाँडै चीनले कोरोनालाई नियन्त्रणमा लिई विश्व ठप्प भएको अवस्थामा पनि चीन व्यापारमा खुला भइसकेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको