August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

जापानमा कोरोनाविरुद्धको खोप अभियान शुरु, स्वास्थ्यकर्मी प्राथमिकतामा 

टोकियो, जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारबाट शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । 

जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । आज बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो ।

टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकीले जापानमा खोप लगाउने पहिलो व्यक्ति भएका छन् ।

खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोनाभाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खोप लगाइएका व्यक्तिमा कुनै नकारात्मक असर हुने, नहुने बारेमा तीन हप्तासम्म अध्ययन गरिनेछ ।

त्यसपछि मार्चदेखि अरु ३७ लाख स्वास्थ्यकर्मीलाई खोप दिइने तयारी सरकारको छ । अप्रिलदेखि ६५ वा सोभन्दा बढी उमेरका तीन करोड ६० लाख व्यक्तिलाई खोप दिइने छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको