April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

नाइजेरियाकी पूर्व अर्थमन्त्री ओकोन्जो डब्लुटिओको प्रमुखमा नियुक्त

  • 10
    Shares

जेनेभा, नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ)को प्रमुखमा नियुक्त भएकी छन् ।
ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्नेछिन र उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ ।

डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी उनी सो पदमा पुग्ने पहिलो अफ्रिकी महिला हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनुपरेको डब्लुटिओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ ।

व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताइन ।

नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनलाई डब्लुटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए ।

उनले डब्लुटिओका सामुन्ने धेरै चुनौतीहरु रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताइन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको