
भारत, भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आज बिहान एक सडक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सो दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै भएको हो ।
एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएको त्यहाँका स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिला मारिएका छन् ।
घाइते हुनेमा सबै बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाइएको छ । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको बताइएको छ । एजेन्सी






